वडाध्यक्ष थापाद्वारा आफ्नो सेवा सुविधाको रकम १५० जना जेष्ठ नागरिकलाई वितरण

प्रकाशित:

कञ्चनपुर । भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले आफ्नो सेवा सुविधाबाट जेष्ठ नागरिकालाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले आफ्नो सेवा सुविधाबाट वडाका १५० जना जेष्ठ नागरिकालाई आर्थिक सहयोग गरेका छन् ।

सोमबार ७२ वर्ष उमेर नाघेका १५० जना जेष्ठ नागरिकलाई वडाध्यक्ष थापाले आफुले पाउँदै आएको सेवा सुविधा वाफतको रकम वितरण गरेका हुन् । ०७९ को स्थानीय निर्वाचनताका जनतासंग गरेको प्रतिबद्धता कार्यान्वयन गरेको उनले बताए ।

‘मैले चुनावको समयमा आफ्नो तलब (सेवा सुविधा) लिदैँन, जनतालाई नै बाड्छु भनेर बाँचा गरेको थिए ।’ वडाध्यक्ष थापाले भने, ‘चुनावमा गरेको बाँचा अनुसार गरिरहेको र आगामी दिनमा पनि गर्दैजानेछु ।’

चाडवाडलाई मध्यनजर गर्दै वडाध्यक्ष थापाले आफ्नो सेवा सुविधा वाफतको रकम जेष्ठनागरिकहरुलर्ई वितरण गरेका हुन् । निर्वाचित भए देखि पाउँदै गरेको सेवा सुविधालाई सामाजिक कार्यमा खर्च गर्दै आएका वडाध्यक्ष थापाले नेपालीहरुको महान् पर्व दिपावलीको समय नजिकिदै गर्दा आर्थिक सहयोग गरेपछी जेष्ठनागरिकहरु खुसी भएका छन् ।

आफु जस्ता विपन्न तथा स्वास्थ्य अवस्था कमजोर भएका वृद्धवृद्धाहरुलाई वडाध्यक्ष थापाले गरेको आर्थिक सहायताले चाडवाडको मुखमा राहत भएको स्थानीय जेष्ठनागरिक अम्बा सुनारले बताए । वडाध्यक्ष थापा प्रति कृतज्ञ हुँदै जेष्ठनागरिक सुनारले भने, ‘हामी जस्ता आर्थिक र स्वास्थ्य अवस्था कमजोर भएका बुढाबुढीहरुलाई वडाध्यक्ष ज्यूले यो चाडवाडको समयमा आर्थिक सहयोग गर्नु भएको छ, हामी आभारी छौं, उहाँप्रति ।’

त्यस्तै स्थानीय जेष्ठनागरिक पुनीदेवी लुहार पनि वडाध्यक्ष थापालाई आभार व्यक्त गर्दै मुक्तकण्ठले प्रसंशा गर्छिन् । नारयणदत्त भट्टले वडाध्यक्ष थापा वचनको पक्का भएको बताए । वडाध्यक्षलाई विभिन्न सामाजिक कार्यहरुमा अविछिन्न रहेको शंज्ञादिँदै जेष्ठनागरिक भट्टले भने, ‘प्रकाश समाजिक कार्यहरुमा निकै खटिदैँ आएकोछ, बच्चाहरुको खेलकुद देखि हामी जस्ता बुढापाकाहरुलाई पनि समेट्नेगरि काम गर्दै आएको छ, आफ्नो वचनको पक्का छ ।’

वडाध्यक्ष थापाले केहि समय अघि मात्रै आफ्नो वडामा बच्चा जन्मेमा ‘शिशु स्याहार’ र मृत्यु भएमा ‘अन्टेष्टी’ खर्च दिने कार्यक्रमको सुरुवात समेत गरेका छन् ।

सिफारिसः

ताजा समाचार

सम्बन्धित समाचार