कञ्चनपुरको एक वडाले बच्चा जन्मेमा ‘शिशु स्याहार’ र वडावासीको मृत्युमा ‘अन्टेष्टी’ खर्च दिने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक वडाध्यक्षले जन्म र मृत्युमा वडावासीलाई खर्च दिने निर्णय गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले वडावासीको जन्म र मृत्युमा निश्चित खर्च दिने निर्णय गरेका हुन् ।

बच्चा जन्मिए शिशु भत्ता र वडावासीको मृत्यु भएमा दाहसंस्कारका लागि अन्तेष्टी खर्च दिने निर्णय उनले गरेका हुन् ।

चालु आर्थिक बर्ष ०८१/०८२देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टी खर्च दिने निर्णय गरे अनुरुप रकम उपलब्ध गराउने वडाध्यक्ष थापाले बताए ।

भीमदत्त– ११ ले अब शिशु स्याहारका जन्मिने वित्तिकै प्रतिशिशु दुई हजार रुपैँया र वडावासीको मृत्यु भएमा अन्त्येष्टीका लागि पाँच हजार रुपैँया रकम उपलब्ध गराउने उनले बताए ।

विपन्नता र गरिबीले गर्दा शिशु जन्मिए पोसिलो खानेकुरा खुवाउँन नसक्दा बच्चा(शिशु) कुपोसित हुने र बृद्धि विकासका समस्या हुने भएकाले शिशुको स्याहार सुसारका लागि उक्त रकम उपलब्ध गर्न लागिएको वडाध्यक्ष थापाले बताए ।

त्यस्तै मानिसको मृत्यु भएमा अन्त्येष्टीका लागि दाउरा उपलब्ध नहुँदा दाउरा खरिददेखि आवश्यक काज किरियाका लागि सक्दो वडाबाट आर्थिक सहयोग स्वरुप आर्थिक सहयोग गर्न लागिएको उनले बताए ।

‘वडाको यो निर्णय हामी साउन १ गतेदेखि नै लागु गछौँ, ‘उनले भने, ‘वडामा शिशु जन्मिएर मानिसको मृत्यु भएका प्रकृया अनुरुप कागजात पुर्‍याए उक्त सहयोग रकम उपलब्ध गराउँछौँ ।’

ताजा समाचार

सम्बन्धित समाचार