काठमाडौँ देखि महेन्द्रनगर आउदै गरेको बस भित्र महिला यात्रुमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

प्रकाशित:

कञ्चनपुर । सार्वजनिक बसमा सवार महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत माघ १७ गते काठमाडौंस्थित महेन्द्रनगरबाट आउँदै गरेको सुपप्र ०२–००१ ख १६३२ नम्बरको बसमा यात्रा गरिरहेकी एक महिला यात्रुमाथि तीन जनाले हातपात तथा अभद्र व्यवहार गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेनाका २१ वर्षीय श्रवण बिष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकनीका २१ वर्षीय जीवन बमलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज मिति २०८२ माघ १९ गते उनीहरूलाई पक्राउ गरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीले सार्वजनिक यातायातमा महिला यात्रुको सुरक्षा र मर्यादामाथि आघात पुर्‍याउने गतिविधिमा संलग्नमाथि कानुनी कारबाही अगाडि बढाउने जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार