Saturday, July 27, 2024

वडाध्यक्ष थापाद्वारा कैदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । भीमदत्तका एक वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कैदीबन्दीहरुलाई पुस्तक र खेलकुद सामग्री वितरण गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त–११ का वडाध्यक्ष प्रकाश थापाले आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका कैदीबन्दीहरुलाई पुस्तक र खेलकुद सामग्री वितरण गरेका हुन् ।

वडाध्यक्ष थापाले विभिन्न मुद्दामा रहेका थुनामा रहेका कैदीबन्दीहरुको सकारात्मक सोचको विकास गर्ने उद्देश्यले पुस्तक वितरण गरेको बताएका छन् ।

वडाध्यक्ष प्रकास थापाले विभिन्न २९ प्रकारका पुस्तक कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्याैलयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापालाई हस्तान्तरण गरेका छन ।

जिल्ला प्रहरी कार्यालयमार्फत ती पुस्तकहरु जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका र जिल्ला कारागारका पढ्न ईच्छुक कैदीबन्दीहरुलाई दिइने बताइएको छ ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले भीमदत्त नगरपालिका ११का वडा अध्यक्ष प्रकाश थापाले चालेको कदमको प्रसंसा गर्दै हिरासतमा रहेका बेला सकारात्मक सोच विकाश गर्ने पुस्तकहरू पढी सुध्रीन सहयोग हुने र समय व्यतित गर्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।

पुस्तक र खेलकुद सामग्री हस्तानतरण गर्ने मौका मिलेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्ने वडाध्यक्ष थापाले प्रतिवद्धता गरेका छन् ।

साथै प्रहरी उपरिक्षक थापाले सोमबारदेखी थुनामा रहेका कैदीहरूका लागि योग कक्षा समेत सञ्चालन हुने बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार