Saturday, July 27, 2024

वडाध्यक्ष प्रकाश थापाद्वारा क्लबलाई सामाजिक कामका लागि आर्थिक सहयोग

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले वडाको क्लबलाई समाजिक कामका लागि आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले वडाकै आर्दश विकास समाज क्लबलाई समाजिक कामका लागि आर्थिक सहयोग गरेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडाध्यक्ष थापाले आफ्नै भत्ताबाट उक्त आर्दश विकास समाज क्लबलाई समाजिक कामका लागि आर्थिक सहयोग गरेको बताए ।वडाध्यक्ष प्रकास थापाले आफुले चुनावका बेला गरेको बाचा अनुरुप वडामै रहेको आर्दश विकास समाज क्लबलाई ११हजार सहयोग गरेको बताए ।

सोमबार एक कार्यक्रमका विच आर्दश विकास समाजका अध्यक्ष नरेश सार्कीलाई हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष थापाबाट व्यक्तिगत समाजिक कामका लागि सहयोग पाएपछि क्लबले उक्त रकम समाजिक काममा लगाउने जनाएको छ ।

अन्य क्लबलाई समेत सहयोग गर्ने उनले बताए । यस अघि दशैँका बेला वडाध्यक्ष थापाले केही विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार