काँग्रेस उम्मेदवार प्रकाश चन्दको प्रतिवद्धता: डुबानको समस्या समाधानदेखि घरमै भत्ता र स्वास्थ्य सेवा

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का दिवंगत अध्यक्ष महेन्द्र खड्काले सुरु गरेका अधुरा काम पूरा गर्न आफूलाई निर्वाचित गर्नु पर्ने नेपाली काँग्रेसका उम्मेदवार प्रकाश चन्दले बताएका छन्।

१२ बुदेँ प्रतिवद्धता गरेर चन्द चुनावी मैदानमा उत्रिएका छन्। मंसिर १६ मा भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि उपचुनावअन्तर्गत मतदान हुँदैछ। जसका लागि उम्मेदवारहरुले प्रचारप्रसार गरिसकेका छन्। बिहिबार रातिदेखि मौन अवधि सुरु हुँदैछ।

काँग्रेस उम्मेदवार चन्दले वडाभित्रको डुबानको समस्या समाधान गर्ने अर्को एजेण्डा बनाएका छन्। आफू निर्वाचित भएमा अव्यवस्थित रुपमा घर र खेतमा रहेका विद्युत लाइन व्यवस्थापन तथा विद्युत क्षमता बढाउन ट्रान्सफर्मरको व्यवस्था गर्ने उनले बताए।

टोलटोलमा पोल बत्तिको व्यवस्था, टोल समितिहरुसँग समन्वय र सल्लाह गरी सडक विस्तार, सडकको स्तरोन्नति गर्न पहल गर्ने, असक्त, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा घरदैलोमै पु-याउने, अतिक्रमित सार्वजनिक जग्गा र खोलानाली खाली गराउने र फोहोर मैला व्यवस्था गर्ने उनका प्रतिवद्धता छन्।

यस्तै गरिब जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था, नेतृत्व विकास आयआर्जन तथा स्वरोजगारमूलक तालिम सञ्चार गर्नुका साथै धुम्रपान, मद्यपान तथा लागुऔषध नियन्त्रण गर्न पहल गर्ने वडाध्यक्षका उम्मेदवार प्रकाशको प्रतिवद्धता छ।

ताजा समाचार

सम्बन्धित समाचार