नास्ता पसल चलाउँथे दम्पती, मध्यरात ओछ्यानमै मारिए

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीमा पतिपत्नीको शव भेटिएको घटनामा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाएर प्रहरी टोली अहिले घटनास्थलमा छ। घटनास्थल अहिले सील गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी आफै घटनास्थल पुगेका छन्।

शुक्रबार बिहान बिनवारीमा ४६ वर्षीया रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको रक्ताम्य अवस्थामा शव भेटिएको हो।

लालझाडी गाउँपालिका–१ का अध्यक्ष प्यारेलाल रानाका अनुसार बिनवारीमा उनीहरुले नास्ता पसल सञ्चालन गर्दै आएका थिए। पसल जोडिएको घरमा उनीहरु मात्रै बस्दै आएका थिए।

बडायक दम्पत्तिका दुई छोरा र एक छोरी छिन्। रमेशको शव आँगनमा भेटिएको हो।

उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको छ। सुत्ने बेडको नजिकै झुलमा रक्ताम्य शव लटपटिएको थियो।

घटनास्थल हेर्दा धारिलो हतियार प्रयोग गरेर उनीहरुको हत्या भएको हुनसक्ने आशंका छ।

यो पनिः

ताजा समाचार

सम्बन्धित समाचार