कञ्चनपुरमा श्रीमान् श्रीमती मृत भेटिए, हत्याको आशंका

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–१ मा दुई जनाको शव फेला परेको छ।

लालझाडी गाउँपालिका–१ बिनवारीमा सोही ठाउँका ४६ वर्षीया रमेश बडायक र ४३ वर्षीया कमला बडायकको शव रक्ताम्य अवस्थामा भेटिएको हो।

उनीहरु श्रीमान् श्रीमती हुन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर आगनमा रक्ताम्य अवस्थामा उनीहरुको शव भेटिएको हो।

प्राप्त प्रारम्भिक जानकारीअनुसार धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुन सक्ने देखिन्छ। डीएसपी जोशी अहिले घटनास्थलतर्फ गइरहेको छन्।

ताजा समाचार

सम्बन्धित समाचार