Wednesday, July 24, 2024

कञ्चनपुरबाट एसइई परीक्षामा ४ जीपीए ल्याउने यी हुन्, सोमित र चेतराज

प्रकाशित:

महेद्रनगर । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार प्रकाशित गरेको एसइई परीक्षा २०८० को नतिजामा कञ्चनपुरका दुई जना छात्रले ४ जीपीए हासिल गरेका छन् । देशभरमै १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन्, भने सुदूरपश्चिममा ६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् ।

जसमध्ये कञ्चनपुरबाट दुई जना र चार जना कैलालीबाट रहेका छन् । कैलालीको दुर्गालक्ष्मी माद्यमिक विद्यालयबाट नितिका अवस्थीले ४ जीपीए ल्याएकी छिन् । दुर्गालक्ष्मी सामुदायिक विद्यालय हो । अन्य पाँच जनाले भने नीजि तथा संस्थागत विद्यालयबाट एसइई परीक्षा दिएर ४ जीपीए ल्याएका हुन् ।

कञ्चनपुरमा भीमदत्त नगरपालिका–३ स्थित इन्टरनेशनल पब्लिक स्कुलका छात्र सोमित कार्की र कृष्णपुर नगरपालिका–५ मा रहेको कञ्चनजंघा ईङ्गलिस माद्यमिक विद्यालयका छात्र चेतराज बिष्टले ४ जीपीए ल्याएका हुन् ।

कैलालीको गोदावरी स्थित सैनिक आवासीय महाविद्यालय तेघरीका विकास रावत, सत्यवादी एकेडेमीका निर्मल ठगुन्ना र टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले ४ जिपिए हासिल गरेका छन् ।

सुदूरपश्चिमका अन्य ७ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन् । एसइई परीक्षामा सुदूरपश्चिमका ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएका थिए । सुदूरपश्चिमका ३३ हजार ७४४ जनाको एनजी नतिजा आएको शिक्षा निर्देशनालयले जनाएको छ ।

यो पनिः महेन्द्रनगरको इन्टरनेशनल स्कुलका सोमित कार्कीले ल्याए ४ जिपिए 

  कञ्चनपुरको कृष्णपुरमा रहेको कञ्चनजंघा स्कुलका चेतराजले एसइईमा ल्याए ४ जीपीए

 

ताजा समाचार

सम्बन्धित समाचार