महेन्द्रनगर । हालै प्रकाशित एसइई परीक्षा २०८० को नतिजा अनुसार सुदूरपश्चिमबाट सुदूरपश्चिमबाट सोमित कार्कीले सर्वाधिक जिपिए प्राप्त गरेका छन् । महेन्द्रनगरको इन्टरनेशनल पब्लिक स्कुलमा अध्ययनरत छात्र कार्कीले एसइई परीक्षामा ४ जिपिए हासिल गरेका हुन् ।
महेन्द्रनगरको इन्टरनेशनल पब्लिक स्कुलबाट १२४ जना परीक्षार्थी एसइईमा सहभागि भएका थिए । १२४ मध्ये ३२ जनाले ‘ए प्लस’, ५६ जनाले ‘ए’, ३५ जनाले ‘बि प्लस’ र एक जनाले ‘बि’ ग्रेड प्राप्त गरेको विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले बताए ।
इन्टरनेशनलमा अध्ययनरत छात्र कार्की सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षामा सहभागी मध्ये सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी बनेका छन् । उनी नेपाल प्रहरीका प्रहरी निरीक्षक सोभान सिंह कार्कीका सुपुत्र हुन् ।
२८ वर्षदेखि सुदूरपश्चिमलाई शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान एवं उपलब्धी दिदै आएको महेन्द्रनगरको इन्टरनेशनल पब्लिक स्कुल २०५३ सालमा स्थापना भएको हो । सुदूरपश्चिम प्रदेशमै सात पटक सम्म प्रथम भई नेपाल सरकारबाट इन्टरनेशनल पब्लिक स्कुलले पटक पटक सम्मान थाप्दै आएको छ ।