महेन्द्रनगर । शनिबार पौने १२ बजे वीरगन्ज महानगरपालिका-१६ मा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार मृतकको पहिचान खुलिसकेको छैन । यद्यपि उनी भारतीय नागरिक हुन् । उनको शव पोष्टमर्टमको लागि नारायणी अस्पताल पठाइएको छ ।
पोष्टमर्टमपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाए ।डिएसपी गिरीले भने प्रारम्भीक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको बताए ।