कैलाली — नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि दुई प्यानलबीच प्रतिस्पर्धा भएको छ। क्षेत्रीय सभापतिदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मका विभिन्न पदमा दुई समूहका उम्मेदवार चुनावी मैदानमा छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको निर्वाचनमा क्षेत्रीय सभापति पदमा विजयबहादुर कुँवर र सुरतबहादुर कार्कीबीच प्रतिस्पर्धा हुँदै छ।

महाधिवेशन प्रतिनिधितर्फ महिला खुला, खुला, पेशागत, युवा महिला, युवा खुला, प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व प्रभावित तथा आदिवासी जनजातिलगायतका समावेशी समूहबाट उम्मेदवारी परेको छ। मतदानमार्फत विभिन्न समूहबाट तोकिएको संख्यामा महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।

कार्की पक्षबाट क्षेत्रीय सभापतिमा सुरतबहादुर कार्कीसहित महाधिवेशन प्रतिनिधितर्फ ईश्वरी कठायत, ईश्वरी रावल, तुलसी देवकोटा, ललिता पाठक, खेमबहादुर साउँद, गोरखबहादुर बिष्ट (आनन्द), टीकाराम ढुंगाना जैसी, ध्रुवराज भट्टराई, पदमराज भट्ट, पुष्पराज जोशी, वसन्त रोकाया, भोजबहादुर बम, लोकराज पाण्डेय (आगो) र विष्णुप्रसाद भाटलगायत उम्मेदवार रहेका छन्।
त्यस्तै, पेशागततर्फ टेकराज अवस्थी, युवा महिलातर्फ रोशनी शाह, युवा खुलातर्फ दीपकराज ओझा र भुवन महरा, प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व प्रभाविततर्फ विक्रमबहादुर खड्का तथा आदिवासी जनजातितर्फ यज्ञराज चौधरी उम्मेदवार छन्।
निर्वाचनमा क्षेत्रीय प्रतिनिधिहरूले मतदान गरी क्षेत्रीय नेतृत्व तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। मतदानको परिणाम सार्वजनिक भएपछि कैलाली क्षेत्र नम्बर ४ को नयाँ क्षेत्रीय नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्नेछ।
क्षेत्रीय अधिवेशनलाई कांग्रेसको क्षेत्रीय नेतृत्व चयनसँगै आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।


