तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार र ?

प्रकाशित:

काठमाडौं।  स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो।

यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।

ताजा समाचार

सम्बन्धित समाचार