भीमदत्त–९ मटेना निवासी २७ वर्षीय महेश ओड खैरो हेरोइनसहित पक्राउ

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेना निवासी २७ वर्षीय महेश ओड खैरो हेरोइनसहित पक्राउ परेका छन्।

मंगलबार साँझ भीमदत्त नगरपालिका–१९ बागफाँटा, शुक्रराज टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ४८० मिलिग्राम पदार्थसहित महेश ओड र भीमदत्त–१६ निवासी २४ वर्षीय अनिल डगौरा पक्राउ परेका हुन्।

लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बागफाँटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार