ग्रेगोरियन नयाँ वर्ष २०२६ नेपालमा पनि धाकाटोपी लगाएर उल्लासपूर्ण स्वागत गर्दै

प्रकाशित:

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानी पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ। यस पात्रोअनुसार नयाँ वर्षलाई चाडका रूपमा मनाउनेहरूले आज एक–आपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ स्वागत गरेका छन्।

ग्रेगोरियन पात्रो सौरमासको आधारमा निर्माण गरिएको मानिन्छ। तर केही विद्वान्हरूले चन्द्रमासको समन्वय नभएकाले यसलाई पूर्ण रूपमा वैज्ञानिक मान्न नसकिने तर्क पनि गर्दै आएका छन्। विभिन्न संवत्माथि अध्ययनरत डा।

शास्त्रदत्त पन्तका अनुसार वैदिककालदेखि सौर र चन्द्रमासको समन्वयबाट विकसित विक्रम संवत् तुलनात्मक रूपमा बढी वैज्ञानिक भए पनि इस्वी संवत्को प्रभाव हाल विश्वव्यापी बन्दै गएको छ।

एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि सानो समय एकाइले गणनामा असर पार्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न लिप इयरको व्यवस्था गरिएको छ। यद्यपि यसबारे पश्चिमा देशमै पनि पूर्ण सहमति नरहेको बताइन्छ।

पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन बढ्दो छ। नयाँ वर्ष २०२६ को अवसरमा विदेशी पर्यटकको बढी उपस्थिति रहने काठमाडौँको ठमेल, बौद्ध तथा पोखरा, सौराहालगायत स्थानमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरी नयाँ वर्षको स्वागत भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार