महेन्द्रनगरबाट खैरो हेरोईनसहित बैतडीका उत्तम पक्राउ

प्रकाशित:

कञ्चनपुर । महेन्द्रनगरबाट खैरो हेरोईनसहित बैतडीका एक जना पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित भारतको सिमानाकाबाट नेपाल तर्फ आउदै गरेको बैतडीको पुर्चौडी नगरपालिका–७ कोटीला बस्ने २८ वर्षीय उत्तम बिष्ट खैरो हेरोईनसहित पक्राउ परेका हुन्।

बिष्टलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ दशमलव ८८ ग्राम खैरो हेरोईनसहित फेला पारी नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार