आभाषकुञ्जको वार्षिकोत्सवको अवसरमा अग्रज पत्रकार धामीलाई सम्मान, अस्पतालका बिरामीलाई फलफुल वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुँने आभाषकुञ्ज दैनिकले विविध कार्यक्रम गर्दै नवौं वार्षिकोत्सवका मनाएको छ । बिहिबार आभाषकुञ्ज दैनिकले महाकाली अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण र अग्रज पत्रकारलाई सम्मान गर्दै नवौं वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

मोफसलमा जनतालाई सूसुचित गर्ने ध्येयले ०७३ चैत्र २१ बाट सञ्चालनमा आएको आभाषकुञ्ज दैनिकले बिहिबार आठ वर्ष पुरा गर्दै नवौंमा प्रवेश गरेको अवसरमा सामाजिक उपकारको कार्य गर्न खोजेको उक्त दैनिकका प्रकाशक मनोज भट्टले बताए ।

सञ्चारकर्ममा आभाषकुञ्जले विभिन्न आरोह–अवरोह पार गर्दै आजको दिनसम्म पेशाप्रति प्रतिबद्ध भएर पाठकमाझ प्रस्तसत हुँदै आएको प्रकाशक भट्टले बताए ।

नवौं वार्षिकोत्सवका अवसरमा उक्त दैनिकले अग्रज पत्रकार माधव सिंह धामीलाई नगद सहित सम्मानित गरेको छ । तीन दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहेका पत्रकार धामीलाई आभाषकुञ्ज दैनिकले पाँचहजार पाँच सय ५५ रुपैँया सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

महाकाली अस्पतालमा उपचारत रहेका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको उक्त दैनिकका सञ्चालक भट्टले बताए । जिल्लाका सञ्चारकर्मीहरुको उपस्थितीमा आभाषकुञ्ज दैनिकले नवौं वार्षिकोत्सव समारोह कार्यक्रम आयोजना गर्दै अग्रज पत्रकार धामीलाई सम्मान गरेको हो ।

उक्त वार्षिकोत्सव समारोह कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवं भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहेका थिए । प्रमुख अतिथी बोगटीले उक्त दैनिकलाई शुभकामना दिँदै उज्वल भविस्यको कामना गरेका छन् ।

‘पत्रिकाको उज्वल भविस्यको कामना गर्दछु, पत्रकारिता पेशालाई थप मजबुद र प्रभावकारी बनाउन हामी सबैले भूमिका खेल्नु पर्छ ।’ नगर प्रमुख बोगटीले भने,–‘आभाषकुञ्ज दैनिक जिल्लामा व्याप्त भष्टाचार, अन्याय, अत्याचार र ढिलासुस्तीका विरुद्ध लगातार कलम चलाउँदै आएको छ, यो अभियान पत्रिकाले निरन्तर राख्ने छ भन्ने मैले पुर्ण आशा लिएको छु ।’

No description available.

ताजा समाचार

सम्बन्धित समाचार