कञ्चनपुर । डोटेली भाषामा गाइएका गीतहरूले अहिले ठूलो चर्चा बटुलिरहेका छन्। यसै क्रममा, चर्चित रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ सार्वजनिक गरेको छ। यस गीतले डोटेली संगीत र भाषाको मौलिकतालाई अझ गहिरो तरिकाले प्रस्तुत गर्दै ग्रामीण जीवनशैली, प्रेम र हास्यको मिश्रण गरेको छ।

गीतमा रोहित साउद, नीरज भण्डारी र सुरज भण्डारीको अभिनयले गीतलाई जीवन्त र आकर्षक बनाएको छ।

यो गीतले डोटेली संगीतको सांस्कृतिक धरोहरलाई आधुनिक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ, जसका शब्द, लय र संगीत संयोजन रोहित साउदले गरेका छन्। रातोतातो स्टेसनले यस गीतमार्फत आफ्ना श्रोतासम्म नयाँ तरिकाले संगीतको रस पुर्याउने अपेक्षा गरेको छ।
