महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुरले अक्षयकोष तथा पुरस्कार स्थापनार्थ होली खेल्ने भएको छ । सोमबार नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले अक्षयकोष तथा पुरस्कार स्थापनाका लागि होली विशेष कार्यक्रमको प्रारम्भ गरेको हो ।

पत्रकारलाई आपत विपद्मा सघाउने उद्देश्य सहित अक्षयकोष र नेपाल प्रेस युनियनको स्थापना दिवसमा पुरस्कार घोषणाकालागि जिल्ला शाखाले होली विशेष कार्यक्रमको आयोजना गरेको अध्यक्ष तेज बहादुर सिंह (मुस्कान) ले बताए ।

सोमबार प्रेस युनियन कञ्चनपुरको कार्यालयमा होली खेल्दै उक्त कार्यक्रम तथा अभियानको शुभारम्भ गरिएको अध्यक्ष सिंहले बताए ।

प्रेस युनियन जिल्ला शाखाले फागुन २२ मा अक्षयकोष तथा पुरस्कार स्थापनार्थ होली बिषेश कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । उक्त होली कार्यक्रमबाट संकलन भएको केहि अंश नेपाल पत्रकार महासंघको अक्षयकोषमा समेत सहयोग गरिने जिल्ला शाखाका सचिव देवेन्द्र खड्काले बताए ।
मंगलबारदेखि होली खेल्न थालिने नेपाल प्रेस युनियन कञ्चनपुरले जनाएको छ । साथै युनियनले सम्पुर्ण पत्रकारहरुलाई ऐक्यबद्ध भएर होली बिषेश कार्यक्रमलाई सघाउन समेत अनुरोध गरेको छ ।