-दिर्घ राज ओझा ।
समाज विकासका अनेक आयामहरू छन्। तर, वास्तविक विकास त्यही हो, जहाँ मानिसहरू खुशी छन्, सुरक्षित छन्, र समान अवसर प्राप्त गर्न सक्छन्। हामीले कल्पना गर्ने यस्तो नै समाज हो—अमरबस्ती।

सद्भाव, सहकार्य र समानता अमरबस्ती केवल ईंटा र सिमेन्टले बनेको ठाउँ होइन। यो त चेतनशील, सचेत र नैतिक मूल्यमान्यता बोकेका नागरिकहरूले सिर्जना गर्ने समाज हो। यहाँ सबै नागरिकबीच समानता हुन्छ, अन्यायको कुनै स्थान हुँदैन। परस्पर मेलमिलाप, सहयोग र आत्मनिर्भरता अमरबस्तीका पहिचान हुन्।

पर्यावरणमैत्री र आत्मनिर्भर विकास आजको युगमा प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ। अमरबस्तीले आधुनिक विज्ञान र प्रविधिलाई आत्मसात् गर्दै पनि प्रकृतिसँग सामञ्जस्यता कायम राख्छ। नवीकरणीय ऊर्जा, हरियाली क्षेत्र, सफा पानी र प्रदूषणमुक्त वातावरण यसको आधारस्तम्भ हुन्।

के हामी अमरबस्ती निर्माण गर्न सक्छौं ?
अमरबस्ती केवल कल्पना मात्र होइन, यदि हामी सबैले सामाजिक उत्तरदायित्व बहन गरेमा यो वास्तविकतामा बदलिन सक्छ। इमान्दार नेतृत्व, शिक्षा र नैतिक मूल्यमान्यताको संरक्षणले मात्र यस्तो समाज सम्भव छ।
हामीले साना(साना सकारात्मक परिवर्तन ल्याउने हो भने, हाम्रो बस्ती, हाम्रो गाउँ, हाम्रो शहर नै अमरबस्ती बन्न सक्छ। के हामी यस दिशामा अघि बढ्न तयार छौं ?
लेखक ओझा पपुलर इङ्लिश बोर्डिङ स्कुल, पुनर्बास–११, का प्रधानाध्यापक हुन् ।