बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

प्रकाशित:

 बैतडी । बैतडीको सुर्नया गाउँपालिका-८ मा जिप दुर्घटना भएको छ।शनिबार साँझ १ ज ४१४ नम्बरको जिप दुर्घटना भएको छ।

बैतडी प्रहरीले जानकारी दिँदै भनेको छ कि जिपमा ६ जना सवार थिए, जसमा तीन जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका तीन जनाको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

घाइते हुनेमा डडेल्धुरा अमरगढी नगरपालिका-७ का ३५ वर्षीय दीपक कैनी, ४५ वर्षीय टेक कैनी, र ५६ वर्षीय शिव पार्की रहेका छन्।

जिप चालक ३२ वर्षीय केशव कैनी भने फरार रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार