महेन्द्रनगर । सामुदापियक कलेज कञ्चन विद्या मन्दिरले ४५ औं वार्षिकोत्सव मनाएको छ । सुदूरपश्चिमकै अग्रणी एवं ऐतिहासिक शिक्षण संस्था कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले शुक्रबार ४५ औं वार्षिकोत्सव एवं अभिवावक दिवस मनाएको हो ।

उक्त वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक एवं सरोकारवाला निकायहरुलाई सम्मान सहित पुरस्कार वितरण लगायत शैक्षिक मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको छ ।

कलेजका प्रिन्सिपल डा. राजकुमार साउँदले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् । कलेजले शैक्षिक एवं भौतिक गुणस्तरियतालाई परिस्कृत गर्दै सुदूरपश्चिममै उत्कृष्ट एवं नमुना कलेजको गतिमा रहेको प्रिन्सिपल साउँदले बताए ।

प्रिन्सिपल साउँदले विद्यालयको चौतर्फी बृद्धि विकासकालागि समुदाय र सरकार सहितका सरोकारवालाको भूमिका चुस्त र मननयोग्य हुँनुपर्ने बताए ।