-दिर्घ राज ओझा ।
धनगढी । साहित्यकार दीर्घ राज उपाध्यायद्वारा लिखित कविता संग्रह ‘आमा म आउँदै छु’ को विमोचन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

धनगढी उपमहानगरपालिका सहिद गेट नजिक सौराइ स्वायुकरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी साहित्यकार नबराज लम्सालद्वारा पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा साहित्यकार, कवि, समालोचक तथा उधोगपति ,डाक्टर र पत्रकार एवं पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विमोचन समारोहमा प्रमुख अतिथि लम्सालले कविता संग्रहका बारेमा आफ्ना धारणा राख्दै भने,‘आमा म आउँदै छु, नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने कृति हो, यसले आमाको माया, त्याग र आत्मीय सम्बन्ध र राजनतिक भाब र देशमा युबाको भुमिकालाई गहिराइसम्म स्पर्श गर्छ।’

कृतिकार दिर्घराज उपाध्यायले आफ्ना विचार व्यक्त गर्दै भने, ‘यो संग्रह मेरो व्यक्तिगत अनुभूति मात्र नभई हरेक पाठकको हृदय छुने प्रयास हो।’
कार्यक्रममा विभिन्न साहित्यकारहरूले पनि कविता वाचन गरेका थिए। पुस्तकले आमाप्रतिको सम्मान, प्रेम र समाजका विविध आयामहरूलाई समेट्ने विश्वास गरिएको छ।
संग्रहलाई पाठकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। कार्यक्रममा उपस्थित एक पाठकले भने, ‘यस पुस्तकले आमाको महत्त्वलाई झन् नजिकबाट महसुस गराएको छ।’