कञ्चनपुर। कञ्चनपुरमा १ लाख ७९ हजार २५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक र बेलौरी नगरपालिका–६ भुराकोटबाट उक्त रकम बराबरको अवैध सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार भारतबाट भन्सार छलिगरी ल्याइएका चिनी, मिश्री, खाने तेल, पेय पदार्थ, सुर्ती, बिडी, हाडवेयर र किराना लगायतका सामान बरामद गरिएको छ।
