कञ्चनपुर। कञ्चनपुरमा स्कुल बसको ठक्करले दुई वर्षीय बालकको मृत्यु भएको छ।

आइतबार साझ बेलडाँडी गाउँपालिका–३ खैरीखाटमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बेलडाँडी गाउँपालिका–३ का मिन बहादुर कुँवरका छोरा २ वर्षीय सुशान्त कुँवर रहेका छन्।

बेलडाँडीबाट कलकत्ता जादै गरेको सु.प.प्र.०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुल, पचुईको बसले बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
बस प्रहरीको नियन्त्रणमा रहेको भने चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।