ड्युटी अवस्थामा बेहोस भएका प्रहरी सहायक हवलदारको निधन

प्रकाशित:

डोटी । डोटीको विपीनगरमा ड्युटीमै बेहोस भएका एक प्रहरीको निधन भएको छ।
इलाका प्रहरी कार्याल विपीनगरमा कार्यरत प्रहरी सहायक हवलदार बहादुर सिंह पालीको निधन भएको हो।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का पाली बेहोस भएका थिए। जिल्ला प्रहरी कार्यालय, डोटीले बिहान ३ बजेदेख ६ बजेसम्मको कार्यालय ड्युटीमा रहेका बताएको छ।

ड्युटीमै भएको बेला उनको छाती दुखेर बेहोस भएका हुन्। उनको उपचारको लागि तत्काल स्थानिय विपीनगर पोलिक्लिनकमा लगिएको थियो। सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएका पालीको चिकित्सकले मृत घोषणा गरेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार