कञ्चनपुरकी १४ वर्षीया प्रिया भट्ट २१ दिनदेखि सम्पर्कविहीन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर घर भएकी एक किशोरी २१ दिनदेखि सम्पर्कविहिन भएकी छन्। वेदकोट नगरपालिका–७ सुडाका भीमदत्त भट्टकी १४ वर्षीया छोरी प्रतिभा भनिने प्रिया भट्ट पौष १ गतेदेखि सम्पर्कविहिन भएकी हुन्।

कक्षा ८ मा ज्ञानबाटी बोर्डिङ स्कुलमा अध्ययनरत प्रिया घरबाटै हराएकी थिइन्। परिवारका अनुसार, प्रियाले कैलालीको धनगढीस्थित आफन्तको घरमा पनि रहेपनि त्यहाँबाट पनि उनका बारेमा कुनै जानकारी प्राप्त भएको छैन। प्रियाको परिवारले सबैलाई उनको खोजीमा सहयोग गर्न अपिल गरेको छ। यदि कसैले प्रियालाई देखेमा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न वा निम्न नम्बरहरूमा जानकारी दिन अनुरोध गरिएको छ: ९८६२४१९९१९, ९८६६५०२६१७, ९८४८६८३३२५।

ताजा समाचार

सम्बन्धित समाचार