भीमदत्त नगरमा खैरो हेरोइनसहित समातिए एक युवक

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खैरभट्टीकै ३१ वर्षीय कैलाश लुहार रहेका छन्।

लागु औषधको कारोबार भइरहेको सूचनापछि लागु औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लुहारलाई पक्राउ गरेको हो।

उनको घरमा खानतलासी गर्दा ०।५४ ग्राम लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार