कञ्चनपुर। बझाङ लोक सांस्कृति मञ्चले शनिबार कञ्चनपुरको महेन्द्रनगरमा भुवा भस्सो प्रदर्शनी गर्ने भएको छ।
मञ्चका अध्यक्ष रतनपति जोशीका अनुसार महेन्द्रनगमा शनिबार दिउँसो सुदूरपश्चिमको परम्परागत भुवा भस्सो प्रदर्शनी गरिँदैछ।
लोप हुँदै गएको भुवा भस्सो संरक्षणका साथै युवा वर्गलाई यसको बारेमा जानकारी दिने उद्धेश्यले प्रदर्शनी गरिन लागिएको हो।
प्रदर्शनीमा भीमदत्त नगरपालिकाको विभिन्न बस्तीबाट भुवा भस्सो लिएर कलाकारहरु महेन्द्रनगरको स्मारकमा भेला हुनेछन्।
कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी रहने छन्। मञ्चले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गर्दै भुवा भस्सो प्रदर्शनी गरिने जनाएको हो।
पत्रकार सम्मेलनको सञ्चालन मञ्चका सचिव हेमन्त बहादुर सिंहले गरेका थिए।
प्राचिन युद्धको झल्को दिने गरी हातमा ढाल र तरबार समातेर भुवा भस्सो गाउँदै खेलिन्छ।
असत्यमाथि सत्यको विजयीको उत्सवको रुपमा सुदूरपश्चिमको बाजुरा, बझाङ, अछाम र डोटी क्षेत्रमा भु्वा भस्सो खेल्ने गरिन्छ।