राजनीतिशास्त्रमा विद्यावारिधी गरेका कञ्चनपुरका चन्द योजना आयोगको सदस्य नियुक्त

प्रकाशित:

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका–१० निवासी डा। हिरा चन्दलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले चन्दलाई सदस्य पदमा नियुक्त गरेको हो ।

भारत उत्तराखण्डको कुमाउँ विश्व विद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी ९पिएचडी० गरेका चन्दलाई नेकपा (एमाले) को सिफारिसमा सदस्य पदमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

भीमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीमा बिगत २९ वर्षदेखि संस्थापक प्रधानाध्यापक रहेका चन्दले ५ वटा विषयमा स्नात्तकोत्तर ९मास्टर्स० गरेका छन् ।

समाजशास्त्र, शिक्षाशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्रका साथै योग विज्ञानमा पनि स्नात्तकोत्तर गरेका चन्दलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबारै आयोजित एक समारोहमा योजना आयोगको उपाध्यक्ष नियुक्त भएकी जीवन रानाले पद तथा गोपनियताको शपथ दिलाएका छन् ।

यसै गरी सदस्यमा शेर बहादुर भन्भन्डारी पनि नियुक्त भएका छन । त्रिभुवन विश्वविद्यालयबाट बीएड र कानूनमा एलएलबी सम्मको अध्ययन गरेका चन्दले २९ वर्ष यता निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको जिल्ला र प्रदेशको नेतृत्व गर्दै केन्द्रमा दुई कार्यकाल उपाध्यक्षको भुमिका निर्वाह गरेका थिए । हाल उनी केन्द्रीय सल्लाहकार छन् ।

लामो समय देखि कञ्चनपुरको शैक्षिक र सामाजिक संघ, संस्थाहरुमा क्रियाशिल चन्द हिसान कञ्चनपुरका पूर्व अध्यक्ष समेत हुन । लाइन्स क्लब अफ महाकाली सिटीको पूर्व अध्यक्ष र एमनेष्टि इन्टरनेशनल शुक्लाफाँटा ग्रुप ७४ का उपाध्यक्ष रहिसकेका चन्द अहिले समाज कल्याण अञ्चल बाल अनाथालय कञ्चनपुरका उपाध्यक्ष छन् ।

प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा नियुक्त भएपछि चन्दले छोटो प्रतिक्रिया दिदै भने, ‘सरकारले दिएको जिम्मेवारीलाई आफ्नो बुद्धि, बिवेक र बर्कतले भ्याएसम्म कुशलतापूर्वक निर्वाह गर्ने छु । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’ को अवधारणा अन्तर्गत सुदूरपश्चिमको विकास र समृद्धिको आयामलाई नयाँ ढंगले अगाडी बढाउने छु ।’

ताजा समाचार

सम्बन्धित समाचार