विमानस्थलभित्रै विमान दुर्घटना

प्रकाशित:

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ ।

ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।

समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो ।

विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार