हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु

प्रकाशित:

काठमाडौँ। क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले गोली चलाएका छन्।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो।

गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए। रिपोर्टअनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ।हाइटी क्यारिबियन सागरस्थित एक देश हो।

ताजा समाचार

सम्बन्धित समाचार