ह्वात्तै बढ्यो सुनको मूल्य

प्रकाशित:

काठमाडौं । नेपाली बजारमा दुई दिन भारी अंकले ओरालो लागेको सुनको मूल्य शुक्रबार भने उकालो लागेको छ ।
बुधबार १० हजार १०० र बिहीबार ५ हजार १०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ९जेठ २९० तोलामा ५ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको सुनको मूल्य बुधबार १० हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कामय गरिएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ थियो ।

ताजा समाचार

सम्बन्धित समाचार