कञ्चनपुर। कञ्चनपुरमा ४ लाख ७ हजार १४० रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ चौकीसत्ता र बेलौरी नगरपालिका–६ ढक्का चाँदरबाट उक्त रकमको अवैध सामान बरामद गरिएको हो।
अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएको बिडी, हार्डवेयर, मोटरसाइकल थान–१ लगायतका सामान बेबारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।