कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा विमलको मृत्यु

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित दोदा नदी किनारको सडक खण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आईतवार बिहान लगभग ४ बजेको समयमा से १ त ३३७९ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो। स्थानीय अनुसार, सडकमा गाईगोरु आउँदा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा ३० वर्षीय विमल राणा, जो लालझाडी–५ का निवासी थिए, घटनास्थलमै ज्यान गुमाए। ट्याक्टर पल्टिएर स्थानीयको खेतमा खसेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर ल्याइएको छ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जानकारी ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख झलक प्रसाद शर्माले दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार