बैतडी। बैतडीको पुर्चौंडी नगरपालिका–२ ल्याँटीका ७२ बर्षीय अमरबहादुर बम शनिबार बिहान देखि बेपत्ता भएका छन्।
शनिबार बिहान साढेसात बजेतिर घरपरिवारलाई कुनै जानकारी नदिएर घरबाट निस्केका बम अहिले सम्म नफर्केपछि उनको खोजी कार्यमा लागेको उनका छोरा दिपक बमले बताए ।
सम्भावित सबै ठाउँहरुमा खोजी गरिएपनि बमलाई फेला पार्न सकिएको छैन् ।
शनिबार बिहान करेसाबारीमा प्याज सार्नका लागि खन्दै गरेका दिपकले बुवा पसलतिर निस्केका थाहा पाएपनि अरु दिन पनि पसलमा जाने भएकाले त्यति वास्ता गरेका थिएनन् ।
तर पसलबाट नफर्केपछि शनिबारदेखि उनको खोजी भइरहेको छ । बम हराएको बिषयमा प्रहरीमा समेत निवेदन दिइसकेको बताइएको छ ।