डिजेल र मट्टितेलको मूल्य बढ्यो

प्रकाशित:

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो।

पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन।

योसँगै काठमाडौँ र पोखरामा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ। दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

ताजा समाचार

सम्बन्धित समाचार