महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट पाँच जना लागू औषध (खैरो हेरोइन) सहित पक्राउ परेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट लागूऔषध (खैरो हेरोइन) को कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको हो ।
भीनपा–१८ कटान बस्ने ३१ वर्षीय घनश्याम उराउ र चार जना किशोर–किशोरीसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई १.३४ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।