महेन्द्रनगर । कञ्चनपुरमा झण्डै दुई लाख बराबरको भन्सार छलीका समान बारामद गरिएको छ ।
आइतबार साँझ ईप्रका गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी एक लाख ७९ हजार दुई सय ६० रुपैँया बराबरको भन्सार छलिका समान र अस्थायी प्रहरी बिट मझगाँले २० हजार बराबरको भन्सारछलिका समान गरेर जम्मा एक लाख ९९ हजार दुई सय ६० रुपैँयाको समान बरामद गरेको प्रहरीले जनाएको छ ।
भन्सार छलिमा जुत्ता, चप्पल, चरीको बिउ, प्याजको बिउ, कस्मेटिक सामान, किरानाको सामान, सामान, साईकलको सामान, हाडबेयरको सामान फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी
पठाईएको प्रहरीले जनाएको छ ।