वासिङ्गटन। मङ्गलबारको अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच कडा प्रतिस्पर्धा भएको देखिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार, अहिलेसम्म ट्रम्पले २४७ इलेक्टोरल मत र ह्यारिसले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा जितका लागि २७० इलेक्टोरल मत आवश्यक पर्ने छ।
अहिलेको अवस्थामा, केही राज्यहरू निर्णायक सिद्ध हुने अनुमान गरिएको छ। यी राज्यहरूमा दुबै उम्मेदवारको मतमा लगभग बराबरीको स्थिति रहेको र परिणाम पक्का गर्न थप मतको गणना आवश्यक भएको जनाइएको छ।