जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

प्रकाशित:

नवलपुर । नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका छन् । च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी गएराति पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिंगाटा लाग्ने जस्ता लक्षण देखिएको थियो । बिरामी परेका सबैलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उनीहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार