२२ सटर निर्माण गर्ने भनिएको मदन चोकमा रोपियो विरुवा

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको मदन चोकमा युवा विद्यार्थीले विरुपा रोपेका छन्।

सडकसँगै जोडिएको नगर विकास समितिको जमिनमा फुटपाथलाई असर गर्ने गरी सटर निर्माण भइरहेको विरोधमा सो क्षेत्रमा विरुवा रोपेका हुन।

सहरको सौन्दर्य कुरुप बनाउने किसिमले फुटपाथमा सटर बनाउने चर्चापछि त्यो रोक्न विरुवा रोपिएको विद्यार्थी नेता दिपेन्द्र सिंह ऐरीले बताए।

मदनचोकस्थित खानेपानी संस्थानको अगाडीपट्टी भीमदत्त नगर विकास समितिले निर्माण गर्ने भनिएका २२ सटरको विषयलाई लिएर संयुक्त युवा विद्यार्थीहरु विरोधमा छन्।

उनीहरुले केही दिनअघि भीमदत्त नगरपालिकाको ध्यानाकर्षण गराउँदै २४ घण्टे अल्टिमेटम पनि दिएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार