सुर्खेतमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको गाडी नम्बर कर्णाली प्रदेश ०२००१ ख १०१४ दुर्घटनामा परेको हो।

दुर्घटनामा ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ, जो दैलेखको ठाँटीकाँध गाउँपालिका–४ का निवासी थिए। गम्भीर घाइते दीपकलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

घाइते पाँच जनाको अवस्था सामान्य रहेको र उनीहरूको उपचार कर्णाली केयर अस्पतालमा भइरहेको छ। गाडीमा बच्चासहित २९ जना सवार थिए। प्रहरीले तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको अनुमान गरेका छन्।
