कञ्चनपुरमा ८ लाखको पटाकासहित अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट ८ लाखको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त–११ चौकीसत्ता, बेदकोट नगरपालिका– ८ दैजी र पुनर्वास–११ डोकेबजारबाट ७ लाख ९८ हजार १ सय १२ रुपैयाँ बराबरको सामान बरामद गरिएको हो।

अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सुटपिस, थान कपडा, जुत्ता, कुर्ती, सल, गम्छा, झिलीमिली बत्ति, पटाका, हाडबेयरका सामान किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार