सहकारी ठगीमा संलग्न केही नेता जेल पर्ने भए भनेर रुवावासी नगरौँ: विश्वप्रकाश शर्मा

प्रकाशित:

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न दलका केही नेता जेल परे पनि रुवावासी नगर्न आग्रह गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत रास्वपा द्वारा आयोजित सडक प्रदर्शनलाई लक्षित गर्दै भने, “कांग्रेस, एमाले, माओवादी, राप्रपा र रास्वपाका दुईचार व्यक्तिहरू जेल परे भनेर रुवावासी नगरौँ।”

उनले अनुसन्धानमा सहयोग गर्न र अदालतको फैसला प्रतीक्षा गर्नुपर्ने कुरा जोड दिएका छन्। शर्मा भन्छन्, “दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता गर्नु आजको राष्ट्रिय आवश्यकता हो।”

यसैबीच, रास्वपाका नेता तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी बचत रकम अपचलनको आरोपमा प्रहरीले पक्राउ गरेको छ। तर, रास्वपाका नेता र कार्यकर्ताले सरकारको यस कदमलाई झुटो मुद्दा भनेर आरोप लगाउँदै लगातार सडकमा प्रदर्शन गरिरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार