सुक्का बन्दरगाहको शिलान्यास चाँडै हुनेः उद्योगमन्त्री भण्डारी

प्रकाशित:

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा सुक्का बन्दरगाहको निर्माण चाँडै शिलान्यास गर्ने जानकारी दिएका छन्। बुधबार उनले सुक्का बन्दरगाहको निर्माण स्थलको स्थलगत अनुगमन गर्दै यस परियोजनामा आवश्यक तयारीहरू भइरहेको बताए।

उद्योगमन्त्री भण्डारीका अनुसार, सुक्का बन्दरगाहको लागि आवश्यक वनजग्गा प्राप्त भइसकेको छ। उनले भने, “अब केही दिनमै रुख कटानीको टेण्डर आव्हान गरिनेछ, र यो प्रक्रिया अघि बढ्नासाथ शिलान्यास गरिनेछ।”

मन्त्री भण्डारीले महाकाली नदीमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै सुक्का बन्दरगाहले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, “सुक्का बन्दरगाह निर्माण भएपछि प्रदेशको आर्थिक गतिविधि वृद्धि हुनेछ र प्रदेशको समृद्धिमा मद्दत पुर्याउनेछ।”

दोहाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले पनि सुक्का बन्दरगाह निर्माण कार्यमा चाँडो अघि बढ्नुपर्ने कुरा उठाएका थिए। मन्त्री भण्डारीले निर्माणाधीन मझगाँउ विमानस्थलको स्थलगत अनुगमन गर्दै त्यसको शीघ्र सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

उद्योगमन्त्री भण्डारी कञ्चनपुर उद्योग वाणिज्य संघको ३३औँ वार्षिक साधारण सभाको उद्घाटनका लागि यहाँ आएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार