कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका र वेदकोट नगरपालिकामा रहेका १८ वर्षमुनीका १४ जना बालबालिकाहरुलाई व्हिलचियर सहयोग गरिएको हो । रुडुक संस्थाका महासचिव ज्योत्सना साउदले उक्त व्हिल चियरहरु प्रदान गरिन्।
१८ वर्षभन्दा मुनी पूर्ण रुपमा अशक्त अवस्थामा रहेका बालबालिकाहरुलाई मंगलवार नेपाली काँग्रेसको १०० दिने विशेष अभियान तथा सम्मान कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
प्रदेश आर्थिक मामिला मन्त्री बहादुर थापा, नेपाली काँग्रेस केन्द्रीय सदस्य कञ्चनपुर जिल्लाको केन्द्रीय प्रतिनिधि नृप ओड, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा उपप्रमुख तुलसी जोशी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमरा ओझा, लगायतको उपस्थितिमा उक्त व्हिल चियरहरु सहयोग गरिएको थियो ।
वेदकोट नगरपालिका २ जडेपानीकी रिना रानाले आफनो ३ वर्षकी छोरीको लागी व्हिलचियर सहयोग गरेकामा आभार व्यक्त गरिन्।
छोरीलाई जन्मेको ३ दिनमा विरामी भएपछि ६ दिन एनआईसियुमा राखेर उपचार गरिएपनि अहिले उसको शरिर नचल्लने भएको उनको भनाइ छ। यो व्हिलचियरले हिँडडुल गर्न सहज हुने अपेक्षा छ।