महेन्द्रनगरमा जाली राख्न खोज्दा तनाव, नगर प्रहरीसँग व्यापारीको धकेलाधकेल

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा नगर प्रहरीसँग तनाव भएको छ।

सडकको बीच पेटीमा फूल बोटविरुवा जोगाउन जाली लगाउने क्रममा स्थानीय व्यापारीले विरोध गरेका हुन।

बसपार्क–मदन चोक सडकखण्डको बीच पेटीमा भइरहेको जाली लगाउने काम  बसपार्क नजिक  व्यापारीले  रोकेका थिए।

नगर प्रहरीले सहजता गरेर काम अघि बढाउने वातावरण बनाइरहेको थियो। आक्रोशित स्थानीयले मंगलबार नगर प्रहरीमाथि नै हातपात गरेपछि तनाव भएको हो।

सडकबाट वारीपारी गर्न ‘ग्याप’ नराखेको भन्दै स्थानीय व्यापारी विरोधमा उत्रिए।

मंगलबार नगर प्रहरीसँग उनीहरुको घम्साघम्सी नै प-यो।

केही युवा र नगर प्रहरीबीच धकेलाधकेल भएको छ।

व्यापारीले जाली राख्न गाडिएको खम्बा नै उखेलेर फालेका छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार