कञ्चनपुर क्षेत्र नं. ३ मा कांग्रेसको १०० दिने विशेष अभियान

प्रकाशित:

कञ्चनपुर । सांगठनिक काममा खट्ने गरी नेपाली कांग्रेसको १०० दिने अभियान सुरु गरेनुसार कञ्चनपुरको निर्वाचन क्षेत्र नं. ३ मा एक कार्यक्रम सम्पन्न भएको छ ।

पुर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदको प्रमुख आतिथ्यमा आज कञ्चनपुरको क्षेत्र नं. ३ मा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।

दशैंपछि गृहजिल्ला पुगेका पुर्वमन्त्री साउँदले जिल्लामा पार्टीका गतिविधि बढाएका छन् । असोज ७ देखि सुरु गर्ने भनिएको कांग्रेसको १०० दिने अभियान असोज ११ र १२ मा आएको वर्षाले ल्याएको विपत्तिका कारण ३० सम्मकालागि स्थगन गरेको थियो । सोहि अनुरुप कञ्चनपुरमा पनि कांग्रेसको १०० दिने अभियान शुक्रबारदेखि पुनः सुचारु भएको हो ।

आइतबार महेन्द्रनगर स्थित पार्टी कार्यालयमा नेता साउँदले पार्टीपंक्तीका नेता कार्यक्रताहरुलाई सम्बोधन गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य नृप ओडलाई पार्टीले केन्द्रबाट जिल्ला प्रतिनिसिधका लागि तोकेको हो । सोहि अनुसार केन्द्रीय सदस्य ओडले जिल्लामा शुक्रबारदेखि नै १०० दिने अभियानलाई पुनः सुचारु गरेका हुन् ।

शुक्रबार जिल्लाको निर्वाचन क्षेत्र नं. २, शनिबार क्षेत्र नं. १ र आज शनिबार जिल्ला सदरमुकाम स्थित क्षेत्र नं. ३ मा उक्त कार्यक्रम क्षेत्रगत रुपमा सम्पन्न भएको हो । क्षेत्रीय सभापति केशव बहादुर चन्दको सभापतित्वमा उक्त कार्यक्रा सम्पन्न भएको हो ।

कांग्रेसको १०० दिने अभियान निरन्तर चल्ने जनाइएको छ । कञ्चनपुरमा पुर्व मन्त्री साउँद संगै जिल्ला प्रतिनिधि ओडले पार्टीको सांगठनिक क्रियाकलापलाई तिब्रता दिएका छन् ।

May be an image of 2 people

 

ताजा समाचार

सम्बन्धित समाचार