कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड शनिबार पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
सडकबाट करिब ५० मिटर तल खोलामा खसेको ट्रक चालकको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएकाले गाडीका कागजात भेटिएपछि मात्रै चालकको सनाखत हुने उनले बताए ।
कर्णाली राजमार्गको खल्लागाड मोडमा बढी दुर्घटना हुने गरेको छ । अघिल्लो महिना पनि यसै ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने अर्को गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका थिए ।